हेल्थ टिप्स

कुन फलफूलको बोक्राको कस्तो गुण ?

काठमाडौँ – हामी कुनै पनि फलफूल खान्छौँ तर त्यसको बोक्रा भने फाल्छौँ । ती फालिने फलफूलका बोक्राबाट हुने फाइदा बारे भने धेरै अनविज्ञ नै छौँ । यस्ता फालिने बोक्राहरुमा न्यूट्रिएट्स जस्ता एन्टीओक्सिडेन्ट पाइन्छ, जसले मानिसकोे सुन्दरता बढाउँन सहयोग गर्ने गर्दछ ।

तिनै फालिने बाक्राहरुलाई सुकाएर वा पानीमा घोलेर विभिन्न प्रयोगमा ल्याउन सकिन्छ । यसरी विभिन्न फलफूलका बोक्राहरुलाई प्रयोगमा ल्याउन सकिन्छ ।

कागतीको बोक्रा–कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात–खुट्टामा घोट्नाले घामबाट डढेको वा कुनै पनि छालाको कालोपनालाई हटाउँन मद्दत गर्दछ ।

सुन्तलाको बोक्रा–सुन्तलाको बोक्रालाई सुकाएर पिसेर दही मिसाएर अनुहारमा लगाएर १५ मिनेटपछि धुँदा अनुहारमा चमक आउने गर्दछ ।
आलुको बोक्रा–आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुने भएकाले यसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँने गर्दछ ।

केराको बोक्रा–केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कने गर्दछ ।

ओखरको बोक्रा–ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा जति उमालेर त्यसको पेस्ट बनाएर कपालमा लगाउनले यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्ने गर्दछ ।

अनारको बोक्रा–अनारको बोक्रालाई सुकाएर पिस्ने, पिसेको बोक्रालाई पानीमा राखेर मनतातो बनाउने, त्यो मनतातो पानीले कुल्ला गर्नाले घाँटी दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ ।

काँक्राको बोक्रा–काँक्राको बोक्रा छिलेर मसिनो पारेर पिसेर त्यसलाई १० मिनेट जति आँखाको तल्लो भागमा लगाएर धुने गर्दा ‘डार्क सर्कल’ केहीहदसम्म कम गर्न सकिन्छ ।

लसुनको बोक्रा–लसुनको बोक्रालाई पानीमा उमालेर त्यो पानीलाई मनतातो बनाएर कपाल नुहाउँदा कपाल बढ्ने गर्दछ ।

एजेन्सीको सहयोगमा

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्