बँदेल मार्न थापेको धरापमा परेर एकजनाको मृत्यु

सांकेतिक तस्बिर

बुटवल – रुपन्देहीमा बँदेल मार्न थापेको धरापमा परेर तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको मृत्यु भएको छ ।

बँदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको हो । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू