खोकना (ललितपुर) – ललिपुरको दक्षिणी क्षेत्रका किसानलाई अहिले तोरी स्याहार्ने चटारो छ । खोकनासहितका क्षेत्रका किसान अहिले बारीमा लगाएको तोरी छिन्न व्यस्त छन् ।

चैतमा पहेँलेपुर फूलेको तोरीमा कोशा लागेर अहिले स्याहार्ने बेला भएको छ । पाकेको तोरी छिन्ने (उखेल्ने) काममा व्यस्त किसानहरुले खोकनाका खेतबारी भरिएका छन् ।

यसपटक पानी परेकोले तोरी राम्राे भएको किसानले बताएका छन् । तोरी बालीका लागि प्रख्यात खोकनाका किसान यसपटक खेतबारीमा भेटिँदा बाली राम्रो रहेकाले खुशी देखिएका छन् । तर उनीहरुलाई बदली भएको मौसमले भने केही चिन्ता दिएको छ ।

तोरीको तेलका लागि प्रख्यात खोकनामा पुगेर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले तोरीको बाली स्याहार्न व्यस्त किसानलाई केही तस्बिरमा समेटेकी छन् ।