आठौँ राष्ट्रिय खेलकुद

भलिवलमा पुरुषतर्फ पुलिस र महिलातर्फ एपीएफलाई स्वर्ण

नेपालगञ्ज– आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको भलिवल प्रतियोगिता पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले स्वर्ण जितेका छन्।

पुरुषतर्फ पुलिसले आर्मीलाई पराजित गरेर स्वर्ण पदक जितेको हो। पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो। त्यसपछि लगातार दुई सेट जितेर स्वर्ण जितेको हो। पुलिसले तेस्रो सेट २५–२० र चौथो २५–१८ ले जितेको हो।

यस्तै महिलातर्फ एपीएफले ३ नम्बर प्रदेशलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको छ। एपीएफले गण्डकीलाई २५–११, २५–३ र २५–१९ ले पराजित गरेको हो।

यसैगरी एपीएफले पुरुषतर्फको र  नेपाल पुलिसले महिलातर्फ कास्य जितेका छन्।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्