नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

काठमाडौं- थाइल्यान्डमा जारी एसियाली क्रिकेट काउन्सिल-एसिसी यू-१६ इस्टर्न रिजन  प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बुधबार  मलेसियालाई ३९ रनले हरायो।

पहिला ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ४१ रन जोडेको थियो।

खेल अघि टस हुँदै। साथमा नेपाल र मलेसियाका कप्तान

मलेसियाले ३३ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय २ रन मात्र जोड्न सक्यो। समूह ‘ए’मा रहेको नेपालको दुई खेलबाट चार अंक भएको छ। मलेसिया तीन खेलबाट चार अंक जोडेर दोस्रोमा छ।  नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले हराएको थियो।

नेपालले अब थाइल्यान्डसँग खेल्ने छ। यो खेल बिहीबार हुने छ।  थाइल्यान्डको दुई खेलबाट दुई अंक छ। समूहको विजेता र उपविजेता सेमिफाइनल पुग्नेछन्।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्