वीरगञ्‍ज महानगरका विद्यालय: विद्यार्थी छन्, शिक्षक छैनन्

एउटै शिक्षकको भरमा कक्षा-८ सम्‍मको पढाइ

वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय। तस्बिर-राम मण्डल/देश सञ्‍चार

पर्सा-प्लास्टरबिनै बनाइएको भवन, जहाँ जस्तापाताले छाएको टीनको छानो पुरानो भइसकेको छ। निलो ड्रेसमा सजिएका कलिला कर्णधारहरु यताउता बँगैचामा खेलिरहेका छन्।उनीहरु नै यहाँबाट शिक्षाको उज्ज्यालो घामबाट सञ्‍चित भएर भविष्‍यमा देशका कर्णधारहरु तयार हुनेछन्।त्‍यसैले स्कूलको होर्डिङ बोर्डमा लेखिएको छ, ‘शिक्षा नै जीवनको ज्‍योति हो।’

तर वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको एउटा आधारभूत विद्यालयमा भने विगत ५ वर्षदेखि एउटै शिक्षकको भरमा कक्षा अध्‍यापन भइरहेको छ। उक्त विलालयको नाम हो श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय।

यो विद्यालयमा एक जना शिक्षकले मात्रै विद्यालयमा अध्यनरत विद्यालयहरुलाई पठन-पाठन गराउदै आएका छन्।महानगरकै विद्यालयमा वर्षौदेखि शिक्षकको दरबन्दी नुहँदा विद्यालयको प्रगति भन्दा दुर्गतिको स्थितिमा हुने अवस्था आइसकेको विद्यालयका प्रधानाध्याप्क रामाधार साह बताउँछन्।

उनी भन्छन्, ‘ कक्षा १ देखि ८ सम्मको आधारभूत तहको विद्यालयमा जम्मा ५ जना शिक्षकहरुले अहिले पठनपाठन गराउँछन्। बाँकी अरु पनि चार जना शिक्षकहरु प्राथमिक तहकै हुनुहुन्छ। एक जनाले मात्रै कक्षा ८ सम्‍म पढाउनुहुन्छ। सरकारले दरबन्दी दिएको छैन।’

वर्षौदेखि शिक्षकको आभाव हुँदा पाँच जना शिक्षकहरुले पुरै घण्टी पढाउदा पनि तीन वटा कक्षाहरुको घण्टी खाली नै जाने गरेको प्रधानाध्याप्क साहको गुनासो छ। उनी भन्छन्,‘विद्यालयमा चाहिने शिक्षक छैनन्, म लगायत बाँकी चार जना शिक्षकले पनि पढाउँदा ३ वटा कक्षा खाली नै रहन्छन्।’

२०७१ सालमा आफू प्रधानाध्याप्क भएर विद्यालयमा आएको बेलादेखि नै तात्कालिन जिल्ला शिक्षा कार्यालयलाई चार जना प्राथमिक तहका र ३ जना निम्न मावि तहका शिक्षकहरुको माग पटक गर्दा समेत कुनै सुनुवाइ हुँदैन।’

२०७४ सालमा स्थानीयत तहको चुनाव सम्पन्‍न भएसँगै स्थानीय तहको मातहतमा शिक्षा शाखा आएपछि केही सुधार हुने अपेक्षा भए पनि हालसम्म पनि समस्या जस्ताको तेस्तै रहेको प्रधानाध्याप्क साहले बताए।

उनले बिरगञ्ज महानगरपालिकाको शिक्षा शाखामा पनि बारम्बार मौखिक तथा लिखित रुपमा विद्यालयमा शिक्षकहरुको कमी भएकाले विद्यालयमा शिक्षक पठाई दिन आग्रहर गर्दासमेत कसैले पनि नटेरेको बताए।

‘स्थानीय तहको चुनाव भएसँगै विद्यालयमा शिक्षकको समस्या हल हुने आशा गरेका थियौ,साहले भने,तर महानगरमा पनि पटक पटक ताकेता गरेपनि आश्‍वासन बाहेक केही पाइएन।’प्रधानाध्याप्क साहले स्थानीय तहको चुनाव पशचात समन्धित वडाका वडाध्यक्षदेखि लिएर महानगरका मेयरसम्म पनि शिक्षक आभावको बारेमा जानकारी गराउदा आशवाशन दिने बाहेक केही नभएको बताए।

शिक्षक अभावले गर्दा पठनपाठन अस्त व्‍यस्त

लालपर्सामा रहेको आधारभूत विद्यालयमा अहिले ३ सय ५० जना विद्यालयहरु रहेपनि शिक्षक आभावका कारण पठन पाठन अस्त ब्यस्त भएको प्रधानाध्याप्क साहले बताए।

शिक्षक आभावका कारण ८ वटा कक्षाको पुरै घण्टीसमेत पढाई नहुने गरेको साहकले बताए।उनले जम्माजम्मी ५ जना शिक्षकहरुले पनि पुरै घण्टी पढाएप्नि नियमित घण्टीहरु सञ्चालन गर्न गाह्रो भएको साहको भनाई छ।

‘सबैजना शिक्षकले पढाएपनि ४ जना शिक्षकहरु प्राथमिक तहका छन’, साहले भने, ‘मैलै एक्लै कक्षा ६ देखि ८ सम्म कसरी सक्नु।’ ’विद्यालयमा बर्षैदेखि शिक्षक आभाव हुदा बिस्तारै विद्यालयमा विद्यालयहरुको संख्या पनि कम हुदै गएको प्रधानाध्यापक साहले बताए।

आफू २०७१ सालमा प्रधानाध्याप्क भएर आउदा साढे ५ सयको हाराहारीमा रहेको विद्यालयहरु घटेर अहिले साढे ३ सयमा झरेको उनको भनाई छ।‘विद्यालयहरु पनि अहिले बिस्तारै घटदै गएका छन, साहले भने, ‘शिक्षकको आभाव लामो समयदेखि भएका कारणले पनि यस्तो भएको हो।’

पढदै गरेका विद्यालयहरु पनि अन्यत्र जान मार्कसिटको मागँ गर्छन्।महानगरकै आधारभूत विद्यालयमा लामो समयदेखि शिक्षकको कमी भएका कारण त्यहाँ अध्यनरत विद्यालयहरु पनि उक्त विद्यालय छोडेर अन्यत्र पढन बाध्य भएका छन्।

विद्यालयबाट विद्यार्थी बसाइ सर्दै

विद्यालयमा पढाई राम्रो नभएपछि अहिले माथिल्लो कक्षामा पास भएका विद्यालयहरु दैनिक जसो अर्को विद्यालयमा पढछु भनेर मार्कसिट टिसी सिसी माग्न आउने गरेको विद्यालयका प्रधानाध्याप्क साहले बताए।‘

‘जुन दिनदेखि रिजल्ट आयो। त्यही दिनदेखि खासगरी कक्षा ६ र ७ का विद्यार्थीहरु मार्कसिट मागेर हैरान गरेका छन्’ ,प्रधानाध्याप्क साहले भने, ‘उनीहरु सबैले यहाँ पढाई भएन, अर्को विद्यालयमा पढछु भनिरहेका छन्।’ सरकारले शिक्षक नपठाउँदा हाम्रो त इज्जत नै घट्‍ने स्थितिमा आइसकेको छ।

विद्यार्थीको गुनासो: पढाइ हुँदैन, किन पढ्नु यहाँ ?

विद्यालयमा राम्ररी पढाइ नहुनुको कारण लामो समयदेखि यहाँ विषय पढाउने शिक्षकको आभाव प्रमुख कारण भएको विद्यार्थीहरुको गुनासो छ। उनीहरुले विलाद्ययमा शिक्षक नभएपछि कसरी विषय पास गर्ने चिन्ताले सधैं सताउन थालेको बताउँछन्। ‘ यहाँ शिक्षक पनि छैनन्, पढाइ पनि हुँदैन।त्‍यसकारण परीक्षामा पास हुन त अन्यत्र पढनुको विकल्प नै छैन।’ सोही विद्यालयबाट कक्षा ७ बाट कक्षा ८ मा पुगेकी सबिता कुमारी गुनासो गर्छिन्।

उनले लामो समयदेखि कमजोर पढाई हुदै आएकोले भविष्य बिग्रने डरका कारण आफूले अब यहाबाट मार्कसिट लिएर अन्य विद्यालयमा पढन जाने बताइन्। ‘यहाँ पढेर के गर्नु राम्रो पढाई पनि हुदैन, सरहरु पनि छैनन,सबिताले भनिन,कक्षा ७ पास जसो तसो भए अब भने यहाँबाट छोडेर अर्को विद्यालयमा पढछु।’

यस्तै विद्यालयमा मार्कसिट निकाल्न आएकी अर्की विद्यार्थी बिष्णु कुमारीले भनिन्, ‘हाम्रो यो विद्यालयमा शिक्षकहरु नै छैनन, पढाई राम्रो हुदैन, हेड सरले मार्कसिट दिनु भए अहिले नै अर्को विद्यालयमा नामा लेखाउँछु।’

उनले कक्षा ६ मा राम्ररी पढाई नभएको तथा घण्टीहरु प्राय खाली नै रहने गरेकाले एकबर्षसम्म राम्ररी नपढे फेल हुने डरले अर्को विद्यालयमा भर्ना हुने सोच बनाएको सुनाइन्। ‘अहिले बैशाख महिनामा कुनै पनि विद्यालयले भर्ना लिन्छ। विष्णुले भनिन, ‘अहिले मार्कसिट यहाँबाट पायौ भने अर्को विद्यालयमा नाम लेखाएर राम्रोसँग पढ्न त पाउँछौ। तर विद्यालयले शिक्षक राख्‍ने सुर छैन।’

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्