सेवाग्राहीसँग घुस लिदैगर्दा कार्यालय सहयोगी पक्राउ

सांकेतिक तस्बिर

बुटवल -सेवाग्राहीसँग घुस लिँदै गर्दा एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले मालपोत कार्यालय भैरहवाका कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीलाई २० हजार रूपैयाँ घुस सहित नियन्त्रणमा लिएको हाे।

सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग्न आएका सेवाग्राहीसँगबाट नगद २० हजार लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार बुटवलका सुचना अधिकारी सुरेस भुसालले जानकारी दिए।

विज्ञापन

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्