बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लेखनाथ-पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बसले पृथ्वीराजमार्गको बूढीबजारमा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

एउटै दिशाबाट आएको ना २ ख २१६९ नं को बसले ग ६ प ३०२९ को मोटरसाइललाई ठक्कर दिँदा चालक पोखरा –२६ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सेनाको मृत्यु भएको हो।

बसले बाटो उछिन्दै गर्दा आफ्नै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा तिमिल्सेना बाटोमा लड्न पुगेका थिए भने उनको उपचारको क्रममा पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले बस र बसका चालक रवीन केसीलाई पक्राउ गरी थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्