म्यानचेस्टर डर्बीमा सिटीको शानदार जित, उक्लियो पुनः शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा ओल गुनार साल्सकेएरको टिम युनाइटेड २–० ले पराजित भयो । उपाधि होडमा रहेको म्यानचेस्रट सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय साने गोल गरे १० मिनेटको बिचमा उनीहरुले दुई गोल गरेका हुन् । ५४ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । त्यसको १० मिनेटपछि अर्थात ६६ औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।

लिगको उपाधिका लागि लिभरपुलसँग कडा प्रतिस्पर्धामा रहेको टिम सिटीका लागि जसरी पनि जित चाहिएको थियो र गार्डिवलाको टिमले त्यो पूरा गरेरै छाड्यो । तीन खेल बाँकी हुँदा पुनः शीर्षस्थानमा पुगेको सिटीको ८९ अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको ८८ अंक छ ।

शीर्ष चारमा अटाउन संघर्षरत म्यानचेस्टर युनाइटेडको सपना भने यो हारसँगै लगभग पूरा नहुने जस्तो देखिएको छ । ३५ खेलबाट ६४ अंकसहित युनाइटेड सातौँ स्थानमा छ ।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्