फोटो फिचर

मुश्किलले उठ्ने प्रयासमा छन् ढलेका सम्पदा

चार वर्षअघिको भूकम्पले देशको गौरवका धेरै धरोधर ढलायो । विश्व सम्पदा सूचिमा सूचिकृत प्राचीन सम्पदाहरुमा गम्भीर क्षति पुग्यो । क्षणभरको भूकम्पले क्षति गरेका सम्पदाहरु अधिकांश अझै उठ्न सकेका छैनन् ।

एकाध बाहेकका सम्पदाको पुनर्निर्माणले गति लिन सकेको छैन । लामो विवादपछि रानीपोखरीको पुनर्निर्माणले पछिल्लो केही महिनादेखि गति लिन थालेको छ । धरहरा पुनर्निर्माणको गति सुस्त छ । बसन्तपुर दरबार क्षेत्रको पुनर्निर्माण आशलाग्दो गरि अघि बढ्न सकेको छैन ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँ उपत्यकाका भक्तपुर दरबार क्षेत्र, बसन्तपुर दरबार क्षेत्र, पाटन, धरहरा तथा रानीपोखरीमा भइरहेको पुनर्निर्माणको अवस्थालाई तस्बिरमा समेटेका छन् ।