आइपिएलमा चम्किएका आन्द्रे रुसेललाई राष्ट्रिय टिमबाट बोलावट आयो

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शानदार प्रदर्शन गर्दै आएका आन्द्रे रुसेललाई राष्ट्रिय टिमबाट बोलावट आएको छ । जारी आइपिएलमा कोलकाता नाइटराइडर्सबाट खेल्दै आएका रुसेल विश्वकपका लागि वेष्ट इन्डिजको टिममा परेका हुन् ।

उनले सन् २०१५ यता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले एउटा मात्रै एक दिवसीय क्रिकेट खेलेका छन् । ट्वेन्टी–ट्वेन्टी क्रिकेटका विशेषज्ञका रुपमा लिइने गरेको ३० वर्षका रसेल टिममा छन् तर अल–राउण्डर मार्नोन सामुएल्स अटाएका छैनन् ।

टिममा ओपनर क्रिस गेल भने परेका छन् । गेलले विश्वकप पछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने बताइसकेका छन् । विश्वकप क्रिकेट आउँदो मे ३० देखि जलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा हुँदैछ ।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्