फाइल फोटो

चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गयो ।

७.८ म्याग्निच्युडको भूकम्पले बारपाक मात्रै होइन पूरै देश हल्लायो । ८ हजार भन्दा बढिको ज्यान गयो । २० हजार भन्दा बढि घाइते भए । करोडौँको भौतिक संरचनामा क्षति पुग्यो । त्यो भन्दा भयानक, मनमा सदाका लागि त्रास दिएर गयो ।

त्यही त्रासदीको सम्झना देश सञ्चार परिवारका सदस्यले पनि गरे । देश सञ्चार सदस्यको त्यही अनुभवको संग्रह हो यो ।