किम र पुटिनबिच भेटवार्ता, बलियो सहकार्यमा जोड

उत्तर कोरियाका नेता किम जोङ–उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ।

दुई नेताबिच रुसको तटीय शहर भ्लाडिभोस्तोकमा वार्ता भएको हो। उनीहरुले दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। भेटमा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुसी राष्ट्रपतिसँग भेटवार्ताका लागि रुस पुगेका हुन्। ट्रम्प र किमबिच गएको फेब्रुअरीमा हानोइमा दोस्रो भेटवार्ता भएको थियो, त्यसमा सहमति जुट्न सकेन।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्