आईपीएलमा एक चौथाई खेल बाँकी : ५३९ छक्का र १२०० चौकाको वर्षा

कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल।

एजेन्सी– १२ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका तीन चौथाई अर्थात ४२ खेल सकिए। यी खेलमा सहभागी  ८ टोलीले चार सय ७१ विकेट गुमाएर १३ हजार ८ सय ४६ रन बनाएका छन्। सबैभन्दा बढी रन १९ औँ ओभरमा जोडिएको छ।

तथ्यांकअनुसार प्रतियोगिताभर उक्त ओभरमा  ८ सय ७८ रन बनेको छ। यसैगरि सबैभन्दा बढी विकेट १८ औँ ओभरमा झरेको छ। उक्त ओभरमा ५१ विकेट गुमेको हो।

अचम्म त के छ भने सबैभन्दा कम रन पहिलो ओभरमा बनेको छ भने सबैभन्दा कम विकेट झरेको पनि यही ओभरमा हो।

खेलमा सबैभन्दा कम रन पहिलो ओभरमा बनेको छ। अहिले सम्म पहिलो ओभरमा कुल ५०९ रन मात्रै बनेको छ।

किङ्स–११ पञ्जावका क्रिस गेल।

प्रतियोगितामा जोडिएको कुन रनमध्ये ८ हजार ३४ रन बाउन्ड्रीबाट बनेको हो। अहिलेसम्म कुल ५ सय ३९ छक्का र १ हजार २ सय  चौका प्रहार भएका छन्। बलिङ गरिएकामध्ये ३ हजार ४ सय ८० बल (डट बल) मा ब्याट्सम्यानले रन जोड्न सकेनन्।

सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल हुन्। उनको ब्याटबाट ४१ छक्का प्रहार भएको छ।   १० खेलमा ३ सय ९२ रन बनाएका रसेलको ब्याटिङमा २३ चौका पनि सामेल छ।

बाउन्ड्रीबाट सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानमा किङ्स–११ पञ्जावका क्रिस गेल पहिलो नम्बरमा छन्। उनले हालसम्म १० खेलमा ४ सय ४४ रन बनाएका छन्।  यसमा बाउण्ड्रीबाट मात्रै ३ सय ५२ रन समावेश छ। गेलको ब्याटबाट ४० चौका र ३२ छक्का  निस्किएको छ।

 

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्