वैशाख १२ को भूकम्पबारे यी ट्राफिक प्रहरीको अनुभव

‘टुँडीखेलको गेट लड्नै लाग्दा दौडेर ज्‍यान जोगाए’

‘टुँडीखेलको गेट लड्नै लाग्दा दौडेर ज्‍यान जोगाए’

वैशाख १२ गतेको भूकम्पमा बाँचेका ट्राफिक प्रहरी करण भण्डारी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

वैशाख १२ गतेको नेपालमा भएको विनाशकारी भूकम्पलाई नजिकबाट अनुभव नगर्नेहरु सायद कमै होलान्। अझ त्‍यो दिन ११: ५६ बजेको कहाली लाग्‍दो दिनलाई सम्झिँदा सबैलाई बिरक्त लागेर आउँछ। म पनि त्‍यही मध्‍येको एक सिपाही हुँ। त्‍यतिबेला भूकम्पमा परी कतिले ज्‍यान गुमाए भने कति घाइते अपाङ भए। धनजनको क्षति भयो।

म हाल ३१ वर्षको भए। चार वर्षअघि भूकम्प आउँदा म आरएनएसी अगाडि प्रहरीको डिउटीमा थिए। शनिबारको दिन थियो। त्‍यसैले मेसमा पाकेको मासु भात पाकेको थियो। म त्‍यो मासुभात खाएर १० बजेदेखि ३ बजे सम्मको आफनो डिउटीमा खटिएको थिएँ।

विज्ञापन

१० बजेदेखि अर्को साथीलाई पालो दिनु पर्ने थियो मलाई। म डिउटी गरिरहेको थिएँ। अचानक फोन आयो भूकम्प आउनु  अगाडि। फोनमा कुरा गरेर मैले गाडीहरलाई जसोतसो व्यवस्थापन गर्दै थिएँ। ठीक त्यहीबेला एउटा माइक्रो बस सडकबाट अगाडि बढ्नै सकेन। यसो भवनतिर हेरेको त आरएनएसीको भवन ढल्ला जसरी हल्ली रहेको थियो।

मेरो नजिकै त्यहाँ पानी बेच्ने एकजना आमा हिरा माया नेपाली हुनुहुनथ्यो। उहाँ डराएर मेरो हात समाउनु भएको थियो। मैले अगाडि आरएनएसीको भवन हेरेको थिए। अनि आमाले पडाडि हेर्नुभयो।  एक त भूकमपको कम्पनले हामीलाई धकेलिरहेको थियो। उता पछाडिबाट टुडिखेलको गेट बाटो तिरै ढलेछ। मसँगैको आमाले पछाडि पुलुक्क हेर्नुभयो र मलाई पनि तान्‍नुभयो। उहाँले आयो आयो भनेर मलाई तान्नुभयो। यसो पछाडि हेरेको त त्यो गेट गर्ल्याम्‍मै लड्यो। गेट लड्न नपाउँदै म दौडेर आफूलाई बचाए। ससँगै अरुले पनि दौडेर ज्‍यान जोगाए।

त्यसपछि केहीबेरमै त्यहाँको अवस्था दयनीयमा परिणत भयो। मानिसहरुमा निराशा छायो। गाडि अस्तव्‍यस्त भयो। मानिसहरु रुन कराउन थाले। कोही खुल्ला मैदान टुँडिखेलतिर कराउँदै भेला हुन थाले भने कोही फोन गर्नथाले आफन्तलाई।

मलाई त्यतिबेलाभन्दा पनि जब सीसीटीबीको फुटेज बाहिर आयो अनि बल्ल डर लाग्यो। त्यसपछि घरबाट साथीभाइ सबैको फोन आउँदा धन्‍नले बाचिएछ जस्तो लाग्यो। दश बर्षदेखि ट्रफिक प्रहरी रहँदा म भूकम्प जाँदा न्यूरोडको जनसेवामा कार्यरत थिए। त्यतिबेला म सिपाही थिए।अहिले पनि सीपाही नै छु।

म सात कक्षा पढ्दा नै मेरो बिवाह भयो। त्यसपछि सन्तानको रुपमा एउटा छोरा, एउटी छोरी भयो। छोरा चाबहिलमा बस्थ्यो। भूकम्प गएलगतै मैले भाइलाई फोन गरे।तर नेटवर्क नै लागेन। तर पछि उतैबाट फोन आयो। भाई त्यो बेला बौद्धमा थियो। छोरा चाबिल भएकाले फोन गरेर छोरीको खबर बुँझे। सबै ठीक रहेको खबर पाए।श्रीमति चाँहि गाउँमै भएकोले ढुक्क भए। त्यसपछि ३ बजे सम्म मैले त्यहि ड्युटी गरे।

त्यसपछि बाहिरको खबर आउन थाल्यो। मानिसहरु धरहरा ढलेको खबर सुनाउन थाल्यो। म धरहरातिर हेर्ने गए। धरहरा त ढलेर मानिस पनि पुरिएको रहेछ। मानिसहरुको भिड थियो। सबै एकअर्काको अनुहार हेरिरहेका थिए, रुन्चे भएर। पछि घटना भएको भिडियो हेरेपछि बल्ल मलाई डर लाग्यो। पछि धेरै टिभीहरुमा त्यो भिडियोको फुटेज देखाएको थियो। कुनै अस्पताल वा त्यस्तै ठाउँमा गएको बेला त्यो भिडियो टिभिमा आइ्हेको हुन्थ्यो। मानिसहरु त्यो फुटेज हेरेर भन्थे, ‘त्यो ट्राफिक प्रहरी भाग्यले बाँचेछ’।

एक दिन म छोरालाई लिएर अस्पताल गएको थिए। म साधारण पोशाकमा थिएँ। त्ययही भिडियो हेरिरहेका रहेछन् सर्वसाधारणहरु। उनीहरु भन्दै थिए, ‘ओहो ! धन्नले बाँचे छ त्यो ट्राफिक प्रहरी।’ भिडियो हेरिसकेपछि उनीहरुलाई त्‍यो फुटेजको ट्राफिक प्रहरी मै हुँ भनेपछि उहाँहरु अचम्‍म मान्‍नुभयो। भन्‍नुभयो, ‘भाग्यले बाच्नुभयो है’। मनमनै म पनि सम्झिए, साँच्चै धन्‍न बाचिएछ। त्‍यो भिडियो अहिले पनि मसँग मोबाइलमै राखेको छु।

साथीभाइले पनि तिमी त धन्नले बाँचेको भन्छन्। यसो भिडियो हेर्छु नयाँ जीवन पाए जस्तो लाग्छ। अनि फेरि सम्झिन्छु, ‘ती पानी बेच्‍ने आमाले गर्दा बाँचे की जस्तो पनि लाग्छ।’ हाल म बौद्धमा आएको दुई महिना भयो। अहिले पनि त्यो बाटो हिडे भने यसो त्यो आमालाई खोज्छु। भेटिनु हुन्छ। अनि हामी चिया खाजा खान्छौ, गफ गर्छौ। त्यो दिन पनि सम्झन्छौ अनि छुटिन्छौ।

कहिले कही लाग्छ, त्यो आमाकै कारणले मेरो जीवन बच्‍यो। मेरो घर बझाङ हो। पछि फेरि २९ गतेको भूकम्पमा म सिटिसी मलको अगाडि साथीसँग गफ गर्दै थिए।

साथीलाई १२ गते आफू धन्‍नले मरेको घटना सुनाउँदै थिएँ। अनि जिस्किदै पनि थिएँ। अचानक फेरि भूकम्प आउँला भनिरहेको थिए। त्यही बेला भुइचालो आइ त गयो। हामी फेरि हत्त न पत्त खुल्ला ठाउँ खोजेर आर्मी अफिसर क्लबको गेट तिर भाग्यौ।

त्‍यतिबेला भूकम्पले एउटा कुरा नबिर्सिने गरी सिकायो, ‘भूकम्प आउँदा खुल्ला ठाउँमा जानुपर्छ। सकभर अरुलाई पनि यसबारेमा भन्नुपर्छ। एक सेकेण्डको सूचनाले मानिसको ज्‍यान जोगिन सक्छ। जुन म आफै भोगे र सेकेण्डको सूचनाले बाँचे।’

(देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहसँग गरेको कुराकानीमा आधारित)

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्