बालुवाटारपछि अब खुला मञ्च समेत??? हरे शिव!

केशवप्रसाद भट्टराई

प्रधानमन्त्री को नियतमा शङ्का नगरौँ रे !
ल , नगरौँ !
तर बालुवाटार खरिद गर्ने मध्ये उहाँका निकट विश्वास पात्र !
त्यसैले निर्वाचित महासचिवलाई फालेर सचिवलाई महासचिव बनाउनु भएको !
अर्थमन्त्री पनि उहाँ नै हुनुपर्ने !
अवसर जति उनले नै पाउनु पर्ने !
अहिले काठमाडौँ महानगरपालिकाका मेयर प्रधानमन्त्रीका त्यस्तै विश्वासी !


एक से एक थिए, त्यस्ता विकम्मका मानिस किन र कसरी ल्याइए होलान राजधानीको मेयरमा भनेको त खुला मञ्च समेत ???
हरे शिव !
झन्डै दुई वर्ष देखि उनी मेयर छन् ,कसैको जथाभावी रोक्ने छेक्ने उनकै काम थियो ?
वाइडबडीमा सत्तारूढ दलका मन्त्री र नेताहरूको संलग्नता नभएको भए सत्तारूढ दलका युवा र विद्यार्थी संगठन र सो दलका नेताहरू यसरी निदाएर बस्थे ?
एनसेल विरूद्ध सडकमा आउनेहरू —
एनसेललाई कर छलीमा सहयोग गर्ने, वाइडबडी, मेलम्ची , बालुवाटार , खुलामञ्च जताततै लूट मच्चाउने विरुद्ध उनीहरूको घोक्रोबाट किन सास निस्कदैन ?


सुशासन र भ्रष्टाचार विरुद्धका सबै राज्य संयन्त्रहरू प्रधानमन्त्री कार्यालय अन्तर्गत र उनको प्रतक्ष नियन्त्रण र प्रभावमा !
तर भ्रष्टाचार नियन्त्रण र सुशासनको केही काम नहुने अर्थ त सजिलै निस्किन्छ नी !


कतै त्यस्तै नियतको लागि ती सबै अधिकारहरू सोहोरिएका त होइनन् ?
आफ्नो नियत सफा छ भनेर सावित गर्ने काम प्रधानमन्त्री र उनका दलका नेता र कार्यकर्ताहरूकै हो !
जनताले करले विश्वास गरिदिने होइन !
विपक्षीहरूलाई गाली गरेर र खिसीट्युरी गरेर होइन आफ्नै दलका नेता कार्यकर्ता भित्रका समस्या खोजौँ प्रधानमन्त्रीज्यू !


अरूलाई विरोध गर्ने नैतिक क्षमता आर्जन गर्नु पर्दछ , सत्तामा छु र जे बोले पनि सुनिदिने, प्रचारमा ल्याइदिने र छापिदिने छन् भनेर स्वाद लिई लिई बस्ने होइन ।

केशवप्रसाद भट्टराईको फेसबुकबाट

बैशाख १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्