बेपत्ता मलेसियन नागरिकको हेलिकप्टरमार्फत उद्दार

काठमाडौँ– अन्नपूर्ण हिमाल ओरोहण गरेर आधार शिविरबाट फर्कने क्रममा बेपत्ता भएका एक मलेसियन नागरिकलाई उद्दार गरी उपचारका लागि शुक्रबार हेलिकप्टर मार्फत  काठमाडौँ ल्याइएको छ।

अन्नपूर्ण–१ को आरोहण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन वेपत्ता भएका थिए। उनलाई बुधबार उद्दार गरी पोखरा ल्याइएको थियो। उनलाई शुक्रबार हेलिकाेप्टरबाट उपचारका लागि काठमाडाैँ ल्याइएकाे हाे। अहिले उनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ।

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार 

बैशाख १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू