प्रस्तुत भए दुई कवि सिग्देल र अमात्य

‘सिर्जनामा दुरुस्तै गरि वर्तमानको चित्र’

ललितपुर – कवितामा वर्तमान समयको चित्र सर्लक्क उत्रिने सक्ने र त्यसका प्रमाणहरु पछिल्लो छिमलका कविताहरु रहेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताएका छन् ।

शुभारम्भ द म्युजिकल जर्नीले शुक्रबार अपराहन्न जावलाखेलमा दुई कवितलाई कविता वाचनमा प्रस्ततु गरेको थियो, कविता सुनेपछि गीतकार थापाले सिर्जनाका शक्ति सशक्त हुने उल्लेख गरेका हुन् ।

कवि मुरारी सिग्देल र प्रमोद अमात्यले आफ्ना कविता, मुक्त तथा हाइकुहरु सुनाएका हुन् । सिग्देल र अमात्यका कवितामा वर्तमान समय अझ तत्कालको वर्तमानको चित्र जस्तोको त्यस्तै उतारिएको प्रमुख अतिथिसमेत रहेका गीतकार थापाले बताएका हुन् ।

कवि मुरारी सिग्देलले हाइकु, मुक्तक र कविता गरि आफ्ना एक दर्जन भन्दा बढि सिर्जना सुनाएका हुन् । उनका सिर्जनामा देश प्रेम तथा राजनीतिक विशंगतिका कारण असजिलोमा परेको देश तथा नागरिकका कुरा समेटिएका थिए ।

यस्तै अमेरिकामा बस्दै आएका कवि प्रमोद आमात्यले आफ्नो मुक्तक, गजल तथा कविता प्रस्तुत गरेका हुन् । उनका सिर्जनामा कल्पनाशीलता र भोगाइहरु दुरुस्तै बनेर उत्रिएको गजलकार रवी प्राञ्जलले बताएका थिए ।

साहित्यकार प्रकाश सायमीको संयोजनमा भएको कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेलले कविको परिचय उसको नामले भन्दा पनि सिर्जनाले दिने र कवि सिग्देल र अमात्यका सिर्जनाका पहिचानका आधारहरु बलियो गरि देखिएको उल्लेख गरे ।

बैशाख १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्