इचंगुनारायणकी ‘साइली’

फूलले फलाएको यो सन्तान

काठमाडौँ – स्वयम्भूबाट पश्चिमतिरको बाटो हुँदै गएपछि पुगिन्छ इचंगुनारायण । इचंगुनारायणको परिचय हालका दिनमा ‘फूलहरु’ को गाउँका रुपमा हुँदै गएको छ । यो गाउँमा मौसम या बेमौसमका फूलहरु व्यवसायिक रुपमा खेती गरिएको हुन्छ ।

इचंगुनारायणमा फूलबारीमा रमाउँदै गरेकी साइली गोतामे भेटिइन् । फूल टिप्दै गरेकी साइली ओठमा मुस्कान उसैगरि फुलेको थियो । ४२ वर्षकी साइली इचंगुनारायणकै बासिन्दा हुन् ।

उनका चार छोरा छन्, दुईलाई आफै जन्माएकी, अरु दुईलाई जन्म नदिए पनि ममताले आफ्नो बनाएकी । पाँच वर्षदेखि फूल खेती गर्दै आएकी उनी भन्छिन्, ‘फूल खेतीबाट पनि घरखर्च चलाउन सकिन्छ ।’

उनको घर खर्च मात्र होइन ममताले आफ्ना बनाएका दुई छोराहरुलाई पनि उनले यहि फूल खेतीको कमाईबाट पढाइ रहेकी छन् । आफूले जन्माएका दुइ छोरा भने गाडी चलाउँछन् ।

फूल खेतीबाट वर्षमा तीन पटकसम्म लाभ लिन सकिने उनले बताइन् । फूलको बिरुवालाई रोपेर गोडमेल गरि फूल फुलेको देख्दा निकै खुशी लाग्ने गरेको उनले सुनाइन् ।

बैशाख १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्