आगलागिबाट दाङमा दुई घर जलेर नष्ट, दमकल पुग्न ढिलाई

फाइल तस्बिर

दाङ– दाङमा आगलागि हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्। गढवा–५ खज्रौटामा राजु यादवको दुई वटा घरमा आगलागि भएको स्थानीय किरण पौडेलले जानकारी दिए।

‘अचानक आगो लाग्यो। दुई वटा घर जलेर पूण रुपमा खरानी भयो’, पौडेलले भने,‘दमकल आउन ढिला भयो। स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छौँ’

आगो कसरी लाग्यो भन्ने बारेमा पूर्ण जानकारी आएको छैन। लमही नगरपालिकाको दमकललाई खबर गरिए पनि आईपुग्न ढिलाई भएको छ।

बैशाख १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्