आईपीएल: शीर्ष चारमा रहन राजस्थानलाई जित्नै पर्ने दवावमा हैदरावाद

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४५ औँ खेलमा शनिबार राजस्थान राेयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार वेलुका ८ बजेर १५ मिनेटमा सुरु हुनेछ।

हालसम्म १० खेल खेलेको हैदरावाद ५ जित सहित १० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ।

यस्तै ११ खेल खेलेको राजस्थान ४ खेलमा जित निकाल्दै आठ अंकका साथ अंकतालिकाको सातौँ स्थानमा रहेको छ।

यस सिजनको आईपीएलमा हैदरावाद र राजस्थानबिचको यो दोस्रो खेल हो। गत मार्च २९ मा भएको खेलमा हैदरावादले राजस्थानलाई पाँच विकेटले पराजित गरेको थियो। आजको खेलमा पराजित भएमा राजस्थानकाे प्लेअफ पुग्ने सम्भावना सकिने छ।

राजस्थानलाई हराउन सके हैदरावाद चौथो स्थानमा कायम रहने छ र उसले अघिल्लो चरणको संभावनालाई बलियो बनाउने छ।

 

बैशाख १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्