पोखरा विश्वविद्यालयविरुद्ध नेविसंघले काठमाडौंमा निकाल्यो राके जुलुस

काठमाडौं- पोखरा विश्वविद्यालयका क्याम्पसले नियमविपरित भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराएकाे भन्दै नेविसंघले काठमाडौंमा राके जुलुस निकालेकाे छ।
उनीहरुले पुरानो बानेश्वर क्षेत्रमा राके जुलुस निकालेका हुन। उनीहरुले स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सि’ ग्रेड ल्याउनुपर्ने माग गर्दै आएका थिए।
यसका साथै अवैधानिक रुपमा ग्रेड मापदण्ड नपुगेका विद्यार्थीको परीक्षा लिन नहुने र सम्बन्धन प्राप्त ४२ क्याम्पसलाई कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेविसंघ नेता फिरोज सुवेदीले जानकारी दिए।
यसअघि शुक्रबार पोखरामा प्रशासन कक्ष र परीक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४ विद्यार्थीलाई प्रहरीले ८ घन्टा नियन्त्रणमा लिइ छाडेको थियो।
नेविसंघले निकालेको राके जुलुसको तस्बिर देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: