आइपिएल २०१९

रुसेलको चौका–छक्कालाई हार्दिकको छक्काले पछि पार्न सकेन

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको हो ।

कोलकाताको जितमा आन्द्रे रुसेल र शुभमन गिल नायक बने । रुसेलले ४० बलमा ६ चौका र ८ छक्काको सहयोगमा बनाएको नटआउट ८० तथा गिलले ४५ बलमा ८ चौका र चार छक्काको सहयोगमा बनाएको ७६ रनको सहयोगमा कोलकाताले मात्रै दुई विकेटको क्षतिमा २३२ रन बनायो । उसका लागि क्रिस लिनले २९ बलमा ८ चौका र दुई छक्काको सहयोगमा ५४ रनको योगदान दिए ।

२३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले सात विकेटको क्षतिमा १९८ रन बनायो । उसका लागि हार्दिक पाण्डेयले ३४ बलमा ६ चौका र ९ छक्काको सहयोगमा ९१ रन बनाए पनि हार टार्न सकेनन् । यस्तै सूर्यकुमार यादवले १४ बलमा २६ तथा क्रुणाल पाण्डेयले १८ बलमा २४ रन बनाए ।

कोलकाताका लागि नटआउट ८० रन बनाएका रुसेलले दुई विकेट पनि लिए ।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्