श्रीलंका बम काण्ड

मुख्य योजनाकार तथा आक्रमणकारीका पिता र दाजुभाइको सुरक्षा कारवाहीमा मृत्यु

श्रीलंकाको राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा गएको हप्ताको आइतबार भएको शृङ्खलाबद्ध बम आक्रमणमा संलग्न भएको आरोप लागेकाका आफन्तको ज्यान गएको छ ।

सुरक्षाकर्मीको कारवाहीको क्रममा आरोपितका पिता तथा दुई दाजुभाइको ज्यान गएको श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार भएको कारवाहीको क्रममा आरोपित अपराधि जाहरान हाशिमका आफन्तको ज्यान गएको हो । इस्लामिक समूह एनटिजे गठन गरेका हाशिमले इस्टरको दिन माचै २१ मा कोलम्बोको एक होटलमा आफैलाई बिस्फोट गराएका थिए ।

प्रहरीले एनटिजेको हेडक्वाटर रहेको काट्टान्कुडी बजारमा छापामारेको थियो । शुक्रबार छापा मार्ने क्रममा बन्दुकधारीले गोली चलाएपछि आफूहरुले जवाफी कारवाही गरेको सुरक्षाकर्मीले बताएका छन् ।

तीनजनाले आफ्नो शरीरमा बिस्फोटक पदार्थ लगाएको र आफैलाई बिस्फोट गराएको प्रहरीको भनाई छ । यस्तै घटनामा ६ बालबालिका र तीन महिलाको पनि ज्यान गएको प्रहरीको भनाई छ । अरु तीनजनाको भने गोही हानाहानमा ज्यान गएको हो ।

यसैबिच श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अनुहार छोप्न नपाउने गरि प्रतिबन्ध लगाएका छन् ।

मुस्लिम महिलाहरु आक्रमणमा संलग्न हुन सक्ने आशंकमा राष्ट्रपतिले अनुहार छोपिने गरि बुर्का लगाउन प्रतिबन्ध लगाएका हुन् । शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको छ । यस्तै ५०० जना भन्दा बढि घाइते भएका छन् ।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्