जगदम्बा मोटर्सले ल्‍यायो टीभीएएस आरआर ३१० बाइक

काठमाडौं-टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा आरआर ३१० मोटरसाइकल लिएर आएको छ।

सोमबार मोटर्सले ‘टीभीएस साथ छ हाम्रो ‘ योजना अन्तर्गत कार्यक्रमको आयोजना गरेर आरआर ३१० मोटरसाइकल सार्वजनिक गरेको हो।

यो मोटरसाइकल खास गरी रेसको लागि उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ।

कम्पनीले ‘रेस एक्सपेरियन्स’ बाइक दाबी गर्दै ६ गियर स्पीड भएको बताएको छ। साथै यसले प्रति घण्टा ४५ किलोमिटर गुड्‍ने दाबी गरेको छ।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्