गद्दी त्याग्दै जापानका राजा

जापानी राजा अकिहितो

जापानका राजाले मंगलबार गद्दी त्याग गर्दै छन् । ८५ वर्षका जापानी राजा अकिहितोले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण गद्दी त्याग गर्न लागेका हुन् ।

राजा अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले कानुनी स्वीकृति पाइसकेको छ । उनी जापानको इतिहासमा २०० वर्ष यता जीवितै रहँदा गद्दी त्याग गर्ने पहिलो राजा हुने छन् ।

स्वास्थ्य र बढ्दो उमेरका कारण जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले गद्दीबाट हट्न चाहेको राजा अकिहितोले उल्लेख गरेका छन् ।

युवराज नारुहितो

उनका ५९ वर्षका छोरा, युवराज नारुहितोले बुधबारदेखि गद्दी सम्हाल्ने छन् । जापानमा बुधबारदेखि नयाँ युगको सुरु हुँदैछ ।

जापानमा राजामा कुनै पनि राजनीतिक अधिकार छैन तर जापनिजहरु राजालाई राष्ट्रिय प्रतिकका रुपमा लिन्छन् ।

राजा अकिहितोको रोग तथा विपत्तिबाट प्रभावित भएका नागरिकसँग अन्तरक्रिया गर्ने बानीले उनलाई धेरै जापनिजको मनमा बास गराएको छ । राजा अकिहितो स्वइच्छाले गद्दी त्याग गर्ने सन् १८१७ यताका पहिलो राजा हुन् ।

बैशाख १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्