आईपीएल-१२ मा डेविडको शानदार प्रदर्शन

ब्याट चुम्दै दर्शकलाई हात हल्लाएर बिदा भए वार्नर

आईपीएल १२ मा सोमबार राति सनराइजर्स हैदराबादले किंग्स इलेभन पञ्जाबलाई ४५ रनले हरायो । यो जित डेविड वार्नरको ५६ बलमा सात चौका र दुई छक्काको मद्दतले बनेको ८१ रनको सहाराले सम्भव भएको हो ।

यो खेलसँगै आईपीएल १२ मा अब डेविड वार्नर देखिने छैनन् । उनी विश्वकपको तयारीका लागि आफ्नो देश फर्केने छन् । तर आईपीएल १२ मा वार्नरले गरेकाे प्रदर्शन क्रिकेट प्रेमीहरुले भुल्ने छैनन्।

अन्तिम खेलमा पनि वार्नरले आफ्नो अदभूद क्षमता पर्दशन गरेर हैदराबादका समर्थकको मन मात्रै जितेनन्, विरोधी टीमका समर्थकको मन पनि जिते र सम्पूर्ण खेलाडीका लागि प्रेरणा बने।

पञ्जाब हारेको र हैदराबाद जितेको खेलमा क्रिस गेल र वार्नरले गरेको अंकमालले धेरै कुरा वर्णन गर्छ । वार्नरलाई सम्मान दिँदै गेलले उनलाई अंकमाल गरेका थिए ।

५६ बलमा ८१ रन बनाएर आउट भएका वार्नर दर्शकतिर फर्केर ब्याटलाई चुम्दै मैदान बाहिरिएका थिए।

के हैदराबादले जितका साथ वार्नरलाई बिदाइ गर्यो? अथवा वार्नरले आफ्नो शानदार प्रदर्शन देखाएर हैदराबादलाई जितको उपहार दिए?

शायद यी दुवै कुरा सत्य हुन् । तर, शोमबार राति सम्पन्न खेल डेविड वार्नरको नाममा रह्यो । जसरी पनि टीमलाई जितको आवश्यकता रहेका बेला वार्नरले शानदार प्रदर्शन गरे र जित दिलाए।

आईपीएल १२ मा चार टीम १० अंकका साथ थिए । हैदराबाद ११ म्याचमा पाँच जितका साथ चार नम्बरमा थियो । सोमबारको जितसँगै हैदराबादको १२ म्याचमा ६ जितका साथ १२ अंक छ । यसको पूरा श्रेय डेविड वार्नरलाई नै जान्छ।

केवल एक ब्याट्सम्यान पूरा आइपीएलमा आफ्नो असर कसरी छोड्न सक्छ, यसको सर्वाेत्कृष्ट उदाहरण वार्नर बनेका छन् । वार्नरले यो आईपीएलको सुरुवात नै धमाकेदार प्रदर्शनका साथ गरेका थिए।

उनले पहिलो म्याचमा नै रोयल च्यालेन्जर्स बैंगलोरकाविरुद्ध शतक प्रहार गरे । यसपछि उनी पछाडि फर्केनन् अगाडि बढिरहे।

उनले पञ्जावविरुद्ध ७०, दिल्लीविरुद्ध ५१, चेन्नाईविरुद्ध ५०, कोलकात्ताविरद्ध ६७ चेन्नाईविरुद्ध फेरि ५७ र पञ्जावविरुद्ध ८१ रन बनाएर आफ्नो क्षमता देखाए ।

सोमबारको खेल सकिएसँगै वार्नरले आफ्नो टीमका लागि सकेजतिको योगदान दिएको प्रतिक्रिया दिएका थिए । उनले स्वदेश फर्कनुअघि आईपीएलको १२ औँ सिजनमा १२ म्याच खेलेर ६९२ रन बनाए।

सोमबार उनी म्यान अफ द म्याच पनि रहे।

म्याच सम्पन्न भएपछि पञ्जाबका क्रिस गेलले वार्नरलाई सम्मानस्वरुप अंकमाल गरेका थिए।

हैदराबादमा अबको प्रदर्शन


कसलाई थाहा थियो एक यस्तो खेलाडी जसलाई एक वर्षको निलम्बनको सजाय थियो । उसले क्रिकेटमा यस्तो जबरदस्त कम ब्याक गर्नेछ ।

वार्नरसँगै यस्तो सजाय अस्ट्रेलियाका पूर्व कप्तान स्टीम स्मिथलाई पनि मिलेको थियो । तर स्मिथले पनि राजस्थान रोयल्सका लागि उत्कृष्ट ब्याटिङ गरेका छन् ।

स्मिथको ११ म्याचमा ३१९ रन बनेको छ।

आईपीएलमा डेविड वार्नरले देखाए कि उनमा रनको कति भोक थियो । अब हेर्न बाँकी यो छ कि डेविड वार्नरको स्वदेश फिर्तासँगै हैदराबादमा कति दम बचेको छ ? त्यो अबका खेलमा हेर्न पाइनेछ।

बैशाख १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्