गर्मी बढेपछि मरे पोखरीका माछा

बुटवल–रुपन्देहीमा गर्मी बढेपछि पोखरीमा पालेका माछा मरेका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५मा एकै किसानको माछा पोखरीमा हजारौं माछा मरेका गाउँपालिकाका अध्यक्ष हिरा कुमार निषाधले बताए ।

गर्मीका कारण पोखरीको पानी तातेको र अक्सिजनको कमी भएका कारण माछा मरेको आशंका गरिएको छ ।

‘करीब २ बिगाहामा माछा पोखरी छ, त्यहाँ पालेका सबै माछा मरेका छन्, माछाहरु एक पाउ (२५० ग्राम) देखि आधा किलो भन्दा बढीका थिए, करिब ५ लाख बराबरको माछा मरेका छन्–माछापालक किसान राम रतन प्रसाद निषाधले बताए ।

पछिल्लो समय रुपन्देही क्षेत्रको तापक्रम ३७ डिग्रि सेल्सियसदेखि माथि छ ।

बैशाख १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू