सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस

कोरियामा पसिना बगाइरहेका युवा भन्छन् ‘आधुनिक युगका हामी आज्ञाकारी दास’

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइँन्छ।

विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइँन्छ ।  त्यस्तै केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने पनि गरिन्छ।

सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागो शहर को हेय मार्केट काण्ड भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धित मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईँन्छ ।यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेका थिए।

स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो ।

बिदाको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि काम गर्ने समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएको कुरा बिर्सनु हुँदैन ।

मजदुर दिवस मनाउनुको मुख्य उद्देश्य प्रत्येक श्रमिक को हक अधिकार रक्षा गरियोस् भन्नु हो। कुनै पनि देश ,समाज, संस्था तथा राष्ट्र को विकास निर्माण मजदुर बिना सम्भव छैन्।

अन्तर्राष्ट्रीय मजदुर दिवस मनाउनुको उद्देश्य ४ मे १८८६ मा अमेरिकाको शिकागो सहर को हैय बजारमा भएको बम धमाकामा मारिएका मजदुर लाई साचो श्रद्धाञ्जली दिनुका साथै विश्वभरिका मजदुर लाई एकै सुत्रमा बाध्नु हो ।

अमेरिकाको सिकागो सहरमा मजदुरहरुले आफ्नो हकको लागि लडाइँ लडने सङ्कल्प का साथ आन्दोलन सुरु गरेका थिए। त्यति बेला आम मजदुर ले १६–१६ घण्टा काम गर्नु बाध्यता थियो।

यसको मजदुर सङ्गठनले व्यापक विरोध गर्दै ८ घण्टा काम र ८ घण्टा आराम गर्न पाउनु पर्छ भनि आफ्नो माग जोड्दार रुपमा पेस गरेका थिए।

सोहि मागलाई लिएर सिकागो सहरको हेय बजारमा आयोजित मजदुर र्‍यालि माथि अज्ञात समूहद्वारा बम प्रहार गरिएको र सो दुखद घटना मा कैयौँ मजदुर शहीद हुनुका साथै केहि मजदुर घाइते पनि भएका थिए ।

सिकागोबाट सुरु भएको उक्त आन्दोलनको आगो विश्व भरि फैलियो । यसै आन्दोलन बाट प्रेरित भएर फ्रान्सको पेरिस सहरमा सभाको आयोजना गरियो।

उक्त सभामा सबैभन्दा पहिले शिकागों शहरमा शहीद भएका मजदुर शहीदप्रती श्रद्धाञ्जली अर्पण गरिएको थियो।

सन १९८९ मा पेरिसमै भएको बैठकद्वारा प्रत्येक वर्ष मे १ तारिक का दिन अन्तर्राष्ट्रीय मजदुर दिवस र श्रम दिवस को रुपमा मनाउने निर्णय गरियो ।

८ घण्टा काम गर्ने ८ घण्टा आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै १८८६ मा अ्मेरिकाको सिकागोमा काम गर्ने मजदुरहरुले सुरु गरेको उक्त आन्दोलनको दिनको सम्झनामा विश्वको मजदुरहरुले अन्तर्राष्ट्रिय मे दिवस (मे १ तारिक) मनाउँदै आइरहेका छन् ।

अहिलेको आधुनिक युग श्रम अनि श्रमिकको युगका रुपमा चिनिन्छ । यसै युगको शुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन् ।

यी उधोग अनि औधोगीकरणमा मजदुरको भूमिका महत्वपूर्ण हुन आउँछ । कोरियामा पनि मजदुर दिवस मेडे विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँन्छ ।

कोरियामा कार्यरत प्रवासी मजदुर ले पनि मेडे र्‍यालि मनाउँदै आइराखेका छन्।

कोरियामा कार्यरत प्रवासी मजदुरले काम गर्ने कार्यस्थलमा उक्त दिन काम हुने भएकाले आइतवार बिदाको दिन पारेर प्रवासी मजदुरद्वारा मेडे र्‍यालि को आयोजना गर्ने गरिन्छ ।

उसो त कोरियामा इपियस का खराब नीतिका कारण प्रवासी मजदुरको हकमा भने ८ घण्टा काम ८ घण्टा आरामको औचित्य नै छैन भन्दा पनि हुन्छ किनकि कोरिया मा विशेष गरि कृषि तिर कार्यरत प्रवासी मजदुर लाई दिन को १४ घण्टा जबर्जस्ती काम गराइन्छ ।

विश्वभर मजदुरको पक्षमा परिवर्तन आए पनि कोरियामा भने इपियसले प्रवासी मजदुरलाई आधुनिक युगमा आज्ञाकारी दासको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको छ ।

कोरियामा कार्यरत प्रवासी मजदुरको अवस्था १८८६ भन्दा पहिलेको मजदुरको भन्दा कम नाजुक छैन्।

अमेरिकामा मजदुर एक जुट भएर दबाब शृजना गरेको उक्त दिनबाट प्रेरणा लिएर कोरियामा कार्यरत सबै प्रवासी मजदुर आफ्नो हक अधिकार प्राप्तीका लागि दबाब शृजना गर्नु पर्ने नितान्त जरुरी देखिन्छ्।

यदि कोरियामा कार्यरत सबै देशको प्रवासी मजदुर एकजुट भएर दबाब शृजना गर्न सकिएन भने कोरियामा प्रवासी मजदुर युगौँसम्म सोसित पीडित भएर बस्न बाध्य हुनुपर्ने छ।

(मधुसुदन ओझा हाल प्रवासी मजदुर सङ्गठन दक्षिण कोरियाका सचिव छन् ।)

बैशाख १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्