फोटो फिचर

एक दिन अगावै चीनबाट फर्किइन् राष्ट्रपति भण्डारी

चीनबाट फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन पहिल्यै स्वदेश फर्किएकी छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भण्डारी बुधबार बिहान काठमाडौँ अवतरण गरेकी हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरासहितका उच्च पदाधिकारी पुगेका थिए ।

राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनपिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन् । भ्रमणको पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्टपनि भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो ।

स्रोतका अनुसार भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै उनी स्वदेश फर्किएकी हुन् । उनी मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत पुगेकी थिइन् ।

बैशाख १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्