कांग्रेस नेता नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ विमोचन

काठमाडौं- कांग्रेस नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ”गणतन्त्रको यात्रा : बन्दी वृतान्त”को विमोचन भएको छ।

बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विमोचन समारोहमा मानव अधिकारका अगुवा कृष्ण पहाडी, प्रोफेसर कृष्ण खनाल र साहित्‍यकार शारदा शर्माले आचार्यको पुस्तक विमोचन गरेका हुन।

आचार्यको संस्मरणात्मक पुस्तकमा राजनीतिक संघर्ष (०६२/६२को आन्दोलन), राजतन्त्रको अन्त्‍य, दरवार हत्‍याकाण्ड र कांग्रेस भित्रका राजनितिको चीरफार गरेका गरिएको छ।

पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्‍याएको हो।

बैशाख १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्