संघीय समाजवादी फोरमको प्रदेश–१ अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित

प्रविण चाम्लिङ

मोरङ– संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका छन्।

आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम बिहीबार घोषणा गरिएको हाे। जसअनुसार, अध्यक्षमा चाम्लिङले २ सय ६ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिद्वन्दी भूमिराज राईले १ सय ९३ मत पाएका थिए। प्रदेश–१ मा रहेको कुल ४ सय ६० प्रतिनिधि मध्ये ४ सय ७ मत मात्रै खसेको थियो।

अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा थिए। तर अन्त्यमा तदर्थ समितिका अध्यक्ष भूपेन्द्र नेम्वाङले भूराज राईलाई समर्थन गरेका थिए। नेम्वाङ गत असोजमा विराटनगरमै सम्पन्न पहिलो भेलाबाट तदर्थ समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

त्यतिबेला नेम्बाङले प्रविन चाम्लिङ पराजित गरेका थिए। प्रदेश समितिमा ५१ सदस्य निर्वाचित भए पनि पदाधिकारीको चयन निर्वाचित सदस्यहरुको बैठकले गर्ने निर्वाचित सदस्य राजकुमार यादवले जानकारी दिए।

बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्