आनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) को आयोजनामा वैशाख २३ देखि २८ गतेसम्म नेपाल आईस आन फुटसल टुर्नामेन्ट हुने भएको छ। टुर्नामेन्टमा ३२ वटा टाेलीको सहभागिता रहनेछ। ३२ वटा टाेलीलाई आठ समूहमा विभाजिन गरी खेलाइने छ।

जसमा कान्तिपुर मिडिया ग्रुप, जनता टेलिभिजन, न्यूज २४, एबीसी टेलिभिजन, सगरमाथा टेलिभिजन, नयाँ पत्रिका, गोरखापत्र, नेपाल टेलिभिजन र शिलापत्र डटकमको सहभागिता रहने नेपाल विज्ञापन संघले जनाएको छ।

यस्तै वेलकम रिलिज, मिडिया हब, आउटरिच नेपाल, कि एडभटाईजिङ, म्याक्स मिडिया बास्केट, सुश्री मिडिया फ्युचर हब प्रतियोगितामा भिड्नेछन्। यस्तै सर्वोत्तम सिमेन्ट, क्यू.एफ.एक्स‍. सिनेमा, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल मेडिसिटि अस्पताल, हिच हाइकर ट्राभल्स, पिक्सन इन्जिनियरिङ, सफ्ट नेप, बराह ज्वेलर्सको पनि  सहभागिता रहने छ।

खेलहरु बिहान आठ बजे देखि दुई बजेसम्म खेल सञ्चालन हुनेछन्। खेलमा प्रथम हुनेलाई एक लाख, द्धितियलाई ७५ हजार र तृतियलाई ५० हजार रुपैयाँ सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने आनका अध्यक्ष रबिन्द्र कुमार रिजालले जानकारी दिए।

मिडिया, विज्ञापन एजेन्सी र कर्पोरेट हाउस बिच सद्भाव एंव भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको संघले जनाएको छ।

बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्