छोटा कपडा लगाउँदा ‘रेप’ निम्तिन्छ भनेपछि हल्लीखल्ली

एजेन्सी- दिल्ली महिला आयोगले छोटा कपडा लगाउने युवतीहरुका बिरुद्ध एक भारतीय महिलाको अभिव्‍यक्ति विरुद्ध प्रहरीमा उजुरी हालेको छ।

महिलाप्रति हेर्ने दृष्टिकोण अहिले पनि परम्परागत नै रहेको भन्‍दै ती अधवैसे महिलाको अभिव्यक्तिविरुद्ध आयोगले प्रहरीमा उजुरी हालेको हो।

दिल्ली महिला आयोगकी अध्‍यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय समाजमा अझै पनि युवतीहरुप्रति नकारात्मक धारणा र भ्रम फैलाउने विचारहरु कायमै छन्। त्‍यसविरुद्ध प्रहरी प्रशासनले कारबाही चलाओस्। छोटो लुगा लगाएकै भरमा युवतीहरुमाथि बलात्कार हुन्छ भन्‍नु सरासर गलत हो। यो युवतीहरुमाथिको ठाडो रुपमा शोषण,दमन र हिंसा हो।’

भारत गुडगाउँकी एक महिलाले युवतीहरुले छोटो कपडा लगाएकै कारण बलात्कारको सिकार हुनु परेको आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन्। उनको त्‍यो बोलेको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको थियो।

गुडगाउँको एक रेस्टुरेन्टमा आएका तीनमध्ये एक युवतीले लगाएका छोटा लुगाप्रति लक्षित गर्दै ती महिलाले यस्ता कपडाले बलात्कार निम्त्याउने बताएपछि हल्लीखल्ली मच्चिएको थियो।

बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्