कुवेतमा नेपाली युवतीले गरिन् प्रेमीको हत्या

खेमबहादुर बिक

कुवेतमा एक नेपाली महिलाले प्रेमीको हत्या गरेकी छन्। कुवेतको मंगाफमा कार्यरत धरानकी माया गुरुङले छुरा प्रहार गरेर तनहुँका खेमबहादुर बिकको बुधबार हत्या गरेको त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन्।

बिक र गुरुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए। छाती र ढाडमा छुरा प्रहार गरिएका गुरुङको घटनास्थलमै ज्यान गएको हो।

घटनामा संलग्न रहेको अभियोगमा माया गुरुङसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक बालक समेत रहेका छन् ।

ती बालकलाई बाबु–आमासँगै प्रहरीले लगेको हो।

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्