शनिबारदेखि तीन दिन नेपालगञ्ज नाका बन्द हुने

नेपालगञ्ज– भारतको उत्तर प्रदेशमा हुन लागेको चुनावलाई मध्यनजर गर्दै शनिबारदेखि सोमबारसम्म नेपालगञ्ज नाका बन्द हुने भएको छ।

सीमावर्ती बहराइच जिल्लामा सोमबार निर्वाचन हुने भएपछि नेपालगञ्ज नाकालाई २१ गते साँझदेखि नै बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना निकालेर नेपालगञ्ज नाका २१ गते साँझ ६ बजेदेखि २३ गते साँझ ६ बजेसम्म बन्द रहने जानकारी दिएको छ।

नेपाल र भारतमा चुनाव हुँदा नाका सील गर्ने गरिन्छ। सीमावर्ती अधिकारीहरुको नियमित बैठकले यस्तो निर्णय गर्ने गर्दछ। नेपालबाट ठूलो संख्याका नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जाने गर्दछन्। तीन दिन नाका बन्द हुँदा थाहा नपाएर आउने नेपालीले नाका दुःख पाउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय, बाँकेले एक दिन अगाडि नै सूचना जारी गरेको छ।

 

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्