साङ्केतिक तस्बिर

नेपालगञ्ज– नेपालगञ्जमा रानी तलाउ नजिकै रहेको राजकुमार गुप्ताको घरमा बिहीबार राती चोरी भएको छ।

घर नजिकैको धर्मशालामा छोरीको विवाह भइरहँदा घरपरिवार त्यतै गएका थिए। राती १२ बजेपछि घरमा कोही नभएको मौकामा चोरी भएको हो।

गुप्ता परिवारले नगद पाँच लाख र तीन तोला सुन चोरी भएको दावी गरेका छन्। घरमा ताला लगाइएको थियो। त्यसलाई फोरेर चोरी भएको छ। दराज समेत फोडेर चोरी भएको छ। १२ बजेसम्म कोही न कोही घरमै रहेको र त्यसपछि विहेकाे कार्यक्रमतिर गएको मौकामा चोरी भएको गुप्ताले बताए। घर नजिकैको कन्हैयालाल धर्मशालामा विहेको कार्यक्रम थियो।

बाँके प्रहरी प्रवक्ता प्रकाश सापकोटाले चोरी भएको खबर आएपछि टोली गएर मुचुल्का गरेको बताए। प्रहरी प्रवक्ता सापकोटाले चोरकाे खाेजी कार्य भइरहेकाे र चोरीको बारेमा वास्तविकता बुझ्ने काम भइरहेको बताए। ‘घरका मान्छेले चोरी भयो भनेर आइसकेपछि होइन भन्न पनि मिलेन, घरमा गएर हेर्दा शंकास्पद छ।’ घटनास्थलमा पुगेका एक प्रहरीले भने।

गुप्ता परिवारलाई नजिकबाट चिनेजानेका व्यक्तिले मौकाको फाइदा उठाएको हुन सक्ने पनि आशंका गरिएको छ।

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्