मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, कुन–कुन क्षेत्रमा ?

फाइल तस्बिर
काठमाडौँ – देशका अधिकांश स्थानको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी क्षेत्रको मौसम दिनभर सामान्यतया बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
यस्तै मध्य तथा पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम दिनभरि जस्तो नै बदली हुने देखिएको छ ।