आइपिएल २०१९

बिर्सन लायक सिजनको अन्तिम खेलमा बैंग्लोर विजयी, विराटको इज्जत धानियो

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन बिर्सन क्लबका लागि लायक भए पनि सिजनको अन्त्य जितसहित गरेको छ विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले ।

घरेलु मैदानमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलार्य चार विकेटले हराएको हो । हैदराबादले प्रस्तुत गरेको १७६ रनको लक्ष्य बैंग्लोरले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि शिमरोन हेटमायरले ४७ बलमा ७५, गुरकीरत सिंह मानले ४८ बलमा ६५ तथा कप्तान विराट कोहलीले सात बलमा १६ रन बनाए । हैदराबादका अलील अहमदले तीन तथा भूवनेश्वर कुमारले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको हैदराबादले सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । उसका लागि केन विलियम्सनले ४३ बलमा नटआउट ७० रन बनाए पनि हारबाट जोगिन टिम सकेन ।

पराजित भएको हैदराबाद १४ खेलमा ६ जितसहित १२ अंकका साथ चौथो स्थानमा छ । कोलकाताको १३ खेलबाट १२ अंक छ । आइतबार हुने मुम्बई इन्डियन्ससँगको खेलमा जित निकालेमा सीधै प्लेअफमा पुग्ने छ । पराजित भएमा रनरेटका आधारमा हैदराबादको पनि सम्भावना हुनेछ ।

बैशाख २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्