बचेरा हुर्काउँदै गरेका गौँथली जोडी ॥ Barn Swallow

बचेरा हुर्काउँदै गरेका गौँथली जोडी ॥ Barn Swallow

पसलको सटरमाथि घरको बिममा दुईवटा साना गुँड छन् । ट्युबलाइटको आडैमा छन् माटोले बनाइएका दुई गुँड, चिटिक्क परेका । दुई गुँडबिचको दूरी मुश्किलले दुई बित्ताको छ । हिले माटो ल्याएर गौँथलीले गुँड बनाएको शायद ९ वर्ष नाघ्यो । अर्को गुँड छेउमा थपेको भने तीन वर्ष जति भयो ।