समायोजनमा पूर्नःविचार गर्न सुर्खेतका स्वास्थ्यकर्मीहरुको माग

सुर्खेत-कर्मचारी समायोजनालाई पूर्नःविचार गर्न सुर्खेतका स्वास्थ्यकर्मीहरुले माग गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा स्वास्थ्यकर्मी हकहित संरक्षण मञ्च जिल्ला समिति सुर्खेतले पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजन स्वास्थ्यकर्मीको हितमा नभएकाले पुर्नः विचार गर्न माग गरेको हो।

कर्मचारी अध्यादेश–२०७५ अनुसार सरकार सेवामा कार्यरत प्रशासन सेवा तथा अन्य सेवाका कर्मचारीहरुलाई एक तह बढुवा तह मिलान, ग्रेड तलव बृद्धि गर्ने र स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सेवा सुविधासमेत विभेद गरिएको गुनासो स्वास्थ्यकर्मीहरुको छ।

सरकारी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई समान सेवा सुविधा लागु गर्नुपर्ने गरि समायोजनलाई हेरफेर गर्नु माग उनीहरुले गरेका हुन्।

अन्तिम जेष्ठता सूचि र दरबन्दी संरचना प्रकाशित नगरि स्वास्थ्यकर्मीहरुरुलाई निवेदन माग गरि पुनः समायोजन सूची प्रकाशन गर्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ।

अन्तरप्रदेश शाररीक अशक्तता, विरामी, श्रमिान श्रीमति तथा समायाोजन फारम भर्दा प्रााथमिकता अनुसार माग गरिएको स्थानीय तहका सम्वन्धित प्रदेशमा नै समायोजन गर्नुपर्ने मञ्चका अध्यक्ष किशोर रावलले बताए।

अवकाश प्राप्त हुन एक वर्ष बाँकी रहेका कर्मचारी कार्यरत स्थाानीय तहमा वा रोजेको स्थानीय तहमा समायोजन गर्नुपर्ने उनले बताए । मञ्चको नयाँ स्थापना भएका वडाका स्वास्थ्य संस्था कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग छ।

समायोजन भए पश्चात निजामति सेवा ऐनमा स्थानीय, अन्तर स्थानीय, प्रदेश, अन्तरप्रदेश र संघको बीचमा सरुवाको व्यवस्थापन गरि सहज बनाउनुपर्ने, संघीय निजामति सेवामा समावेश गरि स्तरबृद्धिको बाटो खुल्ला गरिनुपर्नेलगायतका माग सरकारसँग राखिएको छ।

स्वास्थय सेवाका कार्यरत कर्मचारीहरु पनि फजिलमा परेको भन्दै उनले उनीहरुको दरबन्दी सिर्जना गरि माग बमोजिम स्थानीय तह र प्रदेशमा समायोजन गर्न र हाल कार्यरत पद भन्दा घटुवा गरि समायोजन गरिएको भन्दै मञ्चले वर्तमान कार्यरत पदमा नै समायोजन गर्नुपर्ने माग गरेका छन्

बैशाख २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्