नेकपा कांग्रेस र समाजवादी फोरमको प्रस्ताव

प्रदेश–१ को राजधानी विराटनगर !

मोरङ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम नेपालद्वारा प्रदेश एकको राजधानीका लागि विराटनगर र धनकुटाको नाममा समान दुइ वटा प्रस्ताव दर्ता गरेका छन्।

तर, नेकपा र अन्य दुइ दलको प्रस्ताव फरक रहेको छ।आइतबार दिनभर सर्वदलीय बैठकका क्रममा बाझिँएका केही विषयमा छलफल भएपनि त्यसले तार्किक निष्कर्ष दिन नसक्दा दलहरुले छुटाछुटै प्रस्ताव दर्ता गराएका हुन्।

बिराटनगरस्थित प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार नेकपाले बृहत विराट विकास क्षेत्रसहित बिराटनगर, नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले बिराटनगर र धनकुटाका लागि प्रस्ताव दर्ता गरेको जानकारी दिए।

यस क्रममा नेकपाले बृहत विराट विकास क्षेत्र अन्र्तगत कार्यपालिका र ब्यवस्थापिका र अन्य संरचना इटहरी र सुन्दरहरैंचामा बनाउने गरि बिराटनगरलाई राजधानीको रुपमा प्रस्ताव दर्ता गरेको हो। नेकपाको प्रस्तावकमा बुद्धिकुमार राजभण्डारी रहेका छन्।

त्यसैगरि, प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले पनि संयुक्त प्रस्ताव दर्ता गरेको छ। बिराटनगरलाई राजधानी र बिराटनगर महानगरपालिकाभित्रै कार्यपालिका र ब्यवस्थापिका रहने गरि प्रस्ताव दर्ता गरिएको फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले जानकारी दिए।

यस प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की प्रस्तावक, फोरम नेपालका संसदीय दलका नेता यादव समर्थक र कांग्रेसका सांसद शिव नारायणसिंह गन्गाई रहेका छन्।

त्यसैगरी, धनकुटाबाट कांग्रेस र फोरमका सांसदले पनि राजधानीका लागि धनकुटाको नाम संयुक्त रुपमा प्रस्ताव दर्ता गरेका छन्। धनकुटाको लागि नेपाली कांग्रेस सांसद लिला सुब्बा प्रस्तावक, समर्थकमा फोरमका सांसद रामचन्द्र लिम्बू र समर्थकमा नेपाली कांग्रेसका सांसद रहेकाछन्। यसैक्रममा नेकपाका सांसदले पनि धनकुटा राजधानीका लागि नाम प्रस्ताव गरेका छन्।

प््रादेशको राजधानीका सन्र्दभमा कांग्रेस र फोरम नेपालले कार्यपालिका र ब्यवस्थापिका बिराटनगरमै हुनुपर्ने अडान राख्दै आएका छन्। यद्यपी सत्तारुढ दल नेकपाले भने बृहत्त विराट बिकास क्षेत्रमा कार्यपालिका र ब्यवस्थापिका राखिनुपर्ने निर्णय गरेको थियो। जसका लागि इटहरी र सुन्दरहरैंचालाई जोड दिएको छ।

यसैगरि सोमबार २ बजेका लागि संसद बैठक आव्हान गरिएको छ। सो बैठकमा यस विषयले भने प्रवेश पाउने नपाउने अन्यौल रहेको फोरमका सांसद यादवले बताए। आज दर्ता भएको प्रस्ताव र राजधानीको विषयमा सभामुखले हालसम्म कार्यब्यवस्था परामर्श समितिको बैठक नबोलाएको उनले जानकारी दिए।

बैशाख २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्