तत्कालीन एमालेको अनुसाशन आयोगका केन्द्रीय सदस्य बालाराम शर्मासँग अन्तर्वार्ता

‘शीर्ष नेताले आफू खुशी पार्टी चलाउनु दुःखद्’

सुर्खेत – पूर्व एमाले र माओवादी विलय भई जन्मिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले सत्ता मोहमा लाग्दा र आफ्नै पार्टीभित्रबाट सम्मान गुमाउन थालेका छन् ।

माथिल्लो तहमा एकताको सहमति गरेको झण्डै एक वर्षमा प्रदेश र जिल्ला नेतृत्व चयन गरे पनि पार्टी एकताका बाँक शीर्ष नेताले फत्ते गर्न नसक्दा भित्रैबाट आलोचित बनेका छन् ।

विज्ञापन

लामो समयदेखि पार्टी विघटित अवस्थामा रहँदा खासगरि पूर्व एमाले र माओवादीमा स्थानीय तहमा रहेर योगदान पु¥याएका नेताहरु चिन्तित देखिएका छन् र आफ्नो पीडा सार्वजनिक रुपमा पोख्न थालेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर एवं तत्कालीन नेकपा एमाले अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य बालाराम शर्माले देश सञ्चारका दीपा दाहाल र डिलप्रसाद शर्मासँगको संवादमा पार्टी एकता र त्यसका गतिविधिलाई लिएर व्यक्त गरेको चिन्ता संक्षिप्तमा ।

कार्यकर्ताको भावना कमजोर हुँदैछ

पार्टी एकीकरणलाई ऐतिहासिक घटनाका रुपमा लिन सकिन्छ। नेपाली जनताको चाहना अनुसार नै दुई ठूला कम्युनिष्ट पार्टीको एकता हुनु ऐतिहासिक थियो । जनताको चाहना नै ठूला पार्टीहरु एकजुट भएर समृद्धिका लागि अगाडि बढुन् भन्ने थियो ।

यसर्थमा हामी खुशी थियौँ। एकता हुनु आम कार्यकर्ताको सपना हो, जुन पूरा भएको थियो । तर एकता भएको यतिका लामो समयवधिसम्म स्थानीय कमिटिहरु टुङ्गो लाग्न नसक्नु दुःखद पक्ष हो । पार्टीका केन्द्रीय तहका विभाग, आयोगहरु बन्न सकेका छैनन् ।

यसले गर्दा एकता गर्दाको अवस्थामा देखिएको गति अघि बढ्न सकेको छैन र कार्यकर्ताको भावना कमजोर हुँदै गएको छ। छिटो भन्दा छिटो जिल्लादेखि स्थानीय कमिटिहरुको टुङ्गो लगाउनुपर्छ । हैन भने समग्र मुलुकमा यसले नकारामत्क सन्देश प्रवाह हुनेछ।

जरादेखि टुप्पोसम्म गुट मौलायो

पार्टी ठूलो त बनेको छ, तर त्यो अनुशासित र वास्तविक कम्युनिष्ट पार्टी जस्तो बन्न भने सकेन । कम्युनिष्ट पार्टीको कार्यकर्तामा अनुशासन नदेखिनु निकै दुर्भाग्यपूर्ण कुरा हो। इमान्दारिता, अनुशासन कमजोर बन्दै जाँदा आमा कार्यकतो निराश छ।

कतिपय कार्यकर्ताहरु व्यक्तिगत स्वार्थका लागि पार्टीमा आक्रामक भएर लाग्ने र इमान्दार पार्टीको पक्षमा निस्वार्थ भावनाले लागेका कार्यकर्ताहरुलाई पछि पार्ने खालको प्रवृति देखिएको छ । नेताहरुमा तलदेखि माथिसम्म आफ्नो गुट खडा गर्ने र खराव मान्छेको पनि ढाकछोप गर्ने प्रवृति देखा परेको छ । अर्थात जरोदेखि टुप्पोसम्म गुट मौलाएको छ, यो ज्यादै डरलाग्दो प्रवृति हो ।

शीर्ष नेताहरुको इच्छामा मात्रै पार्टी

अर्काे कुरा पार्टी शीर्ष नेताहरुको इच्छामा मात्रै पार्टी चल्ने प्रवृति देखिएको छ । जुन दुःखद हो। कम्युनिष्ट पार्टी व्यक्ति प्रधान नभई नीति प्रधान हो । एकल नेतृत्वमा नभई सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । नेतृत्वले पार्टी पद्धतिलाई कडाईका साथ काम गर्नुपर्थ्यो त्यो अहिले देखिएको छैन।

उदाहरणका लागि विगतका कतिपय निर्वाचनका कुरा लिन सकिन्छ । निर्वाचनताका पार्टीको विरुद्धमा उम्मेदवारी दिने र पछि पार्टीको असल कार्यकर्ता बन्ने खालको दण्डहिनता मौलाएको छ । गलत गरेकालाई दण्ड दिने र राम्रो काम गरेको लाई पुरस्कृत गर्ने परिपाटी भएको छैन ।

निर्वाचनमा अनुशासन उल्लंघनका घटना देशव्यापी रुपमा भए तर अनुशासन आयोगले गरेको निर्णय नै नेतृत्वले कार्यन्वयन नै गरेन । भएका गल्तीहरु घटाउनुको साटो पक्षका आधारमा ढाकछोप गर्ने र विपक्षलाई उचाल्ने त्यो खलको प्रवृति देखा प¥यो ।

तीनै तहका सरकार सुविधाभोगी

कम्युनिष्टका कार्यकर्ताहरु केन्द्रदेखि स्थानीय तहसम्म नै नेतृत्वमा हुनुहुन्छ । तर तीनै तहका सरकारमा बढि मात्रामा सुविधाभोगी प्रवृति देखिएको छ । न्यूनतम रुपमा निर्वाह भत्ताका रुपमा विगतदेखि नै पाउने प्रचलन त थियो । तर, अहिले वडा सदस्यसम्मको तलब दिइनुले सुविधा प्रयोग गर्ने, सडक नपुगेका गाउँपालिकामा गाडीहरु खरिद गर्ने प्रवृति देखा परेको छ ।

कम्युनिष्ट पार्टीका सरकार प्रमुखहरुका लागि सुविधाभोगी प्रवृति सुहाउँदो कुरा होइन् । एकीकरणको निर्णय सबैलाई तल मिलाएर सम्भव थिएन्, त्यो सहासिक निर्णय भएको हो । त्यो स्वागत योग्य नै थियो।

पछिल्लो दिनमा कसरी आफ्नो सुरक्षा आफुले गर्ने र सुदृढ बन्ने रस्साकस्सीमा अहिले उहाँहरु लाग्नुभएको छ। राजनीति भित्रको प्रतिस्पर्धा पनि राम्रो कामका लागि हुनुपर्छ, गुट बनाउने काममा प्रतिस्पर्धा हुनुभएन। संक्रिणता प्रदा गर्ने, राम्रो काम गर्नेलाई पछार्ने, यस्ता कुराहरुमा उहाँहरु लाग्नु हुँदैन ।

संस्थागत निर्णयको अभाव

विगतमा भएका निर्णयहरु सकारात्मक नै छन् भने अहिले आएर केही–केही कुराहरु संस्थागत रुपमा परिचालन हुन सकेनन् छैन् त्यो कुरामा सुधार गर्नुपर्छ। एउटा कम्युनिष्ट पार्टी यति लामो समयसम्म संगठनबिहीन अवस्थामा रहनु संयोजनको कुरा होइन्।

तथापि एउटा महान कार्य गर्नका निम्ती हतारोमा गएर फेरि पछि पछुताउनु पर्ने र बिद्रोहको स्थिति आउने, फेरि पार्टी विभाजनको अवस्था आउने पुग्ने हो भने एकतालाई अलि गम्भीरतापूर्वक विश्लेषण गरेर त्यसलाई छिटो भन्दा छिटो निश्कर्षमा पुर्‍याउनुपर्छ ।

अनुशासन आयोगको मर्म बुझिएन

अनुशासन आयोगको सन्दर्भमा माथि धेरै अभ्यास भए । कतिपय हिजो विधानले दिएका अधिकारहरु कटौति गर्ने अभ्यास हुनु गलत कुरा हो । अनुशासन आयोगको मर्म बुझिएन त्यसलाई विधानमा सच्याएर अनुशासन आयोगलाई शक्तिशाली आयोगका रुपमा परिकल्पना गरिएको थियो । विगतमा महाधिवेशनबाट नै त्यो चुनिएको थियो ।

तत्कालीन एमालेको अनुशासन आयोग पार्टी नेतृत्वकै हैसियत राख्ने र केन्द्रीय कमिटिले गरेका कमी कमजोरीहरु समेत नियन्त्रण गर्ने, अनुशासनमा राख्ने, खबरदारी गर्ने, हैसियत राख्ने कमिटि थियो। पार्टी एकीकरण पछि नयाँ विधानमा अधिकार कटौति गरि केन्द्रीय कमिटिले नै अनुसाशन आयोग बनाउने क्रियाकलाप भएको थियो । त्यो बेठिक थियो ।

च्याइएको छ । आयोग बन्न नसक्नु कुनै अप्ठ्यारो थिएन्, यति लामो समयमा गठन हुन सकेको छैन्। संक्रमणकालीन भए पनि आयोग बनाएको भए पार्टी कमिटिलाई सहयोग नै ग गर्थ्यौँ । किन ढिलाई गर्नुभएको छ उहाँहरुले नै जान्ने कुरा हो । तर यसलाई हामीलाई निकै चिन्तित बनाएको छ । अव सबै मिलेर पार्टी बचाउनुपर्छ ।

बैशाख २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू