फोटो फिचर

तस्बिरमा भारतको लोकसभा निर्वाचनकाे दृश्य, मत परिणाम मे २३ मा

बिहार-भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत सोमबार पाँचौ चरणको निर्वाचन भइरहेको छ।

सोमबार भारतका बिहार, उत्तर प्रदेश, मध्य प्रदेश, झारखण्ड, जम्मु–कश्मीर, राजस्थान र पश्चिम बंगाल सहित सात राज्यमा  लाेकसभाकाे ५१  सिटका लागि निर्वाचन भइरहेको हो।  निर्वाचन सात चरणमा सम्पन्न हुनेछ।

लोकसभाको पहिलो चरणको निर्वाचन गत अप्रिल ११ मा सुरु भएको थियो। यस्तै दोस्रो चरणको निर्वाचन अप्रिल १८, तेस्रो चरणको निर्वाचन अप्रिल २३, र चौथो चरणको निर्वाचन अप्रिल २९ मा भएको थियो।

यस्तै छैठाैँ चरणको निर्वाचन आगामी मे १२  र अन्तिम तथा सातौँ चरणको निर्वाचन मे १९ मा सम्पन्न हुनेछ। निर्वाचनको परिणाम आगामी मे २३ मा सार्वजनिक गरिने छ।

निर्वाचनका क्रममा झडप तथा हिंसाका केहि छिटपुट घटना भएपनि समग्र रुपमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ। मतदानका लागि मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ।

तस्बिरहरु- देश सञ्‍चार/देश सञ्‍चार

बैशाख २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्