लक्ष्मी बैंकको नयाँ शाखा सोलुखुम्बुको सल्लेरीमा

काठमाडौँ– सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैँकले आफ्नो १०२ औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सल्लेरी शाखामार्फत ग्राहकको वित्तिय आवश्यकता पुरा गर्ने र व्यवसायीमाझ वित्तिय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

उक्त नयाँ शाखसँगै लक्ष्मी बैंकको ४६ जिल्लामा १०२ शाखा पुगेका छन्। यस्तै बैंकका पाँचवटा हस्पिटल सेवा काउण्टर र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बैशाख २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्