च्याम्पियन्स लिग फुटबल

स्तब्ध बार्सिलोना, उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल फाइनलमा

आफू र साथमा रहेको समूहको क्षमतामाथि विश्वास एवम् विपक्षीको अवस्थाबारे समझ रहेमा अप्ठ्यारै भए पनि सजिलोसँग पार गर्न सकिन्छ, यसलाई पछिल्लोपटक आत्मसाथ गरेर देखाएको छ लिभरपुलले ।

इंग्लिस क्लब लिभरपुलले प्रायः ले असम्भव प्रयाः देखेको र स्वयम् टिम नै अप्ठ्यारोमा रहेका बेला पनि विश्वास नगुमाइ र विपक्षीलाई कमजोर नदेखी ऐतिहासिक सफलता हात पारेको छ । उसले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा सबैले सम्झने उत्कृष्ट पुनरागमन गरेको छ, दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई हराएर ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको लियोनल मेस्सी कप्तानीको स्पेनिस च्याम्पियन बार्सिलोना दोस्रो लेगमा उच्च मनोबलका साथ लिभरपुलको मैदानमा आएको थियो मंगलबार राति ।

तर लिभरपुलले पहिलो लेगमा बेहोरेको हारको मात्रै बदला लिएन उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाको बाटो छेकेर फाइनलमा आफ्नो स्थान बनायो ।

घरेलु मैदानमा भएको खेलमा जर्गेन क्लोपको टिम लिभरपुलले बार्सिलोनलाई ४–० ले हरायो र समग्रमा ४–३ को जितसहित लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान बनायो ।

चोटका कारण स्टार खेलाडीहरु मोहम्मद सालह र रोबर्टो फिरमिनो मैदानमा थिएनन् र पनि लिभरपुलले आफ्नो उद्देश्यबाट ध्यान भड्किन दिएन । उसले घरेलु मैदानमा जित निकालेको बार्सिलोनालाई अवे मैदानमा अर्थात आफ्नो मैदानमा स्तब्ध बनायो ।

लिभरपुलको जितमा डिभोक ओरिजी र जोर्जिनियो वाइनाल्डमले दुई–दुई गोल गरे । पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल भएको हो ।

सातौँ मिनेटमा ओरिजीले गोल गर्दै लिभपुललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफमा थप खेलाडीका रुपमा आएका वाइनाल्डमले ५४ र ५६ औँ मिनेटमा गोल गरे र दोस्रो लेगमा ३–० को अग्रता तथा समग्रमा ३–३ को बराबरी गरे । उनले १२२ सेकेण्डको बिचमा दई गोल गरेका हुन् ।

टिमलाई जितका लागि एक गोल चाहिएको थियो र त्यो पूरा गरे ७९ औँ मिनेटमा ओरिजीले । ओरिजीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको जित र पुनरागमन दुवै निश्चित भएको हो ।

यो खेलमा बार्सिलोना स्टार खेलाडीका बाबजुद खासै प्रभावकारी देखिएन । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले दोस्रो लेगमा खासै प्रभाव देखाउन सकेनन् । यस्तै लुइस स्वारेज, फिलिप कोन्टिन्हो, जेरार्ड पिके, इभान रेकिटिकसहितका खेलाडीको कमाल पनि खासै देखिएन ।

लिभरपुलले उपाधिका लागि आउँदो जुन १ मा मड्रिडमा अजाक्स वा टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ ।

बैशाख २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्