बाघले आक्रमण गर्दा पोखरामा दुई जना घाइते

फाइल तस्बिर

पोखरा– बाघले आक्रमण गर्दा पोखरामा २ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित शिशुवा चोकमा अकस्मात देखा परेको बाघले दुई व्यक्तिलाई आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी धरान घर भई पोखरा शिशुवा बस्ने ४५ वर्षीय टिकाबहादुर लिम्बु र त्यहिँ स्थान बस्ने ५७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। घाइतेको उपचारका लागि लेखनाथ सिटी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका अधिकारीलाई सम्पर्क गरी घटनास्थलमा प्रहरीको टोली परिचालन गरिसकिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए।

बैशाख २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्