दाङ – स्वतः उम्रेर झाँगिएको गाँजा फडानी गर्न दाङमा प्रहरीले अभियान थालेको छ । वडा प्रहरी कार्यालय लमहीले लमही–६ लङ्गडी, खैरी क्षेत्रमा गाँजा फडानी गर्न अप्रेसन थालेको हो ।

‘धान, गहुँ फल्ने खेतमा गाँजा आफै फैलिएको पाइयो । त्यो गाँजाले लागुऔषध प्रयोगमा बढ्वा दिएको पाइयो’ वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले भने, ‘समुदायका नागरिक र प्रहरी मिलेर गाँजा फडानी अभियान चलाएका हौँ ।’

चार कट्ठा जग्गामा आफै जागेको गाँजा गाउँका नागरिकको सहयोगमा फडानी गरिएको छ ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्