लुम्बिनी जनरल इन्स्योरेन्सले लक्ष्य अनुसारको बोनस शेयर दिन सकेन

काठमाडौं-लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आर्थिक वर्ष २०७४/ ०७५ को वित्तीय विवरणबाट बोनस शेयरमा घाटा लागेको छ।

उसले दिने भनेको १० प्रतिशत सेयरमा यसपटक भने शेयर धनीकर्तालाई उक्त बोनस दिन नसकेको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले जानकारी दिए।

बुधबार सम्पन्‍न इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभामा उनले भने, ‘बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पुँजी पूरा गर्ने योजना थियो। तर एनएफ आरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अवस्था आएको छ।सोको बिकल्पमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरेका छौ।

कम्पनीको हालको अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी ८८ करोडको २ सय पाँच हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीका सचिव देवेन्द्र कोइरालाले बताए।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्