आलियाकी आमा सोनी राजदान भन्छिन, ‘आलिया र रणबीरको विवाहको कुरा आधारहीन’

काठमाडौं–बलिउड दुनियाको प्रेम जोडी रणवीर सिंह र दीपिका पादुकोणको जस्तै आलिया र रणबीर कपूर पनि लेक कोमोमा विवाह गर्ने योजना बनाइरहेका बेला आलियाकी आमा सोनी राजदानले बुधबारले यी खबरलाई गलत कुरा भएको बताएकी छन्।

सानीले आईएएनएस सँग कुरा गर्दै भनेकी छिन्, ‘यी सबै कुरा आधारहीन हुन्।’

विभिन्न मिडियामा आलिया र रणबीर आफ्नो व्यस्त कामका विचमा समय निकालेर युरोपमा विदा मनाउँदै छन्।

आलियासँग तीन ओटा चलचित्रमा काम गर्ने छिन् भने रणबीर आउने चलचित्रको सुटिङ सुरु हुन बाँकी छ।

सो जोडी अयान मुखर्जीको चलचित्रमा एक साथ देखिने भएका छन्।

गत वर्ष सोनम कपूरको विवाह अवसरमा आलिया र रणबीरले आफ्नो प्रेम स्वीकारेका थिए।

त्यसै वर्षको सुरुवातमा नै खबर आइरहेको थियो की दुबै यस वर्ष विवाह गर्न सक्छन्।

तर आलियाकी आमा सोनीले भनिन् ‘हेनुस यो उनीहरुको प्रशंसकको माया हो। तर म आलियाकी आमा हुँ।मैले आफ्नो छोरीको व्यक्तिगत जीवनका बारेमा कति पनि कुरा गर्न चाहन्‍न। म् चाहन्छु की उ खुसी होस्।’

उनी थप्छिन् ‘आमा भएकाले नाताले म ज्ञान दिन चाहन्‍न, किनभने मेरी आलिया आफैं बुझ्ने छिन्।’

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्